Section 84
नियमन तथा अनुगमन गर्ने
(१) बोर्डलाई पूँजी बजारको विकास तथा लगानीकर्ताको हितका लागि धितोपत्र सम्बन्धी सम्पूर्ण काम कारबाहीको नियमन तथा अनुगमन गर्ने पूर्ण अधिकार हुनेछ । (२) बोर्ड आफैले वा अरु कसैलाई आफूलाई भएको अधिकार प्रत्यायोजन गरी धितोपत्र बजार, धितोपत्र व्यवसायी, धितोपत्र व्यवसायीको आधिकारिक प्रतिनिधि तथा धितोपत्र दर्ता गराएका संगठित संस्थाले गर्ने धितोपत्र सम्बन्धी काम कारबाहीको नियमन तथा अनुगमन गर्न गराउन सक्नेछ ।